३० आश्विन २०८३, शुक्रबार

‘महिला र उत्पीडित समुदायको अधिकार हामीहरूकै त्याग र बलिदानको कारण स्थापित भएको हो’

0
Shares


काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरूको त्याग र बलिदानकै कारण महिला तथा उत्पीडित समुदायको अधिकार स्थापित भएको दाबी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले हालै सम्पन्न निर्वाचनमा पार्टीले कम सीट ल्याए पनि आफूहरूको मुद्दाले जितेको बताएका हुन। जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौता र संविधान सभामार्फत स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको श्रेय आफ्नो नेतृत्वको आन्दोलन र बलिदानलाई जाने उनको दाबी छ ।

उनले बालेन्द्र शाह नेतृत्वको सरकारलाई रचनात्मक र सिर्जनात्मक ढंगले सहयोग गर्ने समेत बताए । प्रतिनिधि सभामा पूर्वप्रधानमन्त्रीहरूमध्ये आफू मात्रै उपस्थित रहेको उल्लेख गर्दै यसलाई चुनौती र अवसर दुवै रूपमा लिएको उनले बताए ।

उहाँले मुलुकमा सुशासन र व्यवस्थाको रक्षाको लागि संसद्‌मा रचनात्मक भूमिका खेल्ने समेत बताउनु भयो ।