३० आश्विन २०८३, शुक्रबार

सुनचाँदीको भाउ घट्यो

0
Shares


काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । हिजोको तुलनामा आज सुनको मूल्य तोलाको ४ सय रुपैयाँ र चाँदी तोलाको ७५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ९७ हजार एक सय रुपैयाँ रहेकोमा आज ४ सय रुपैयाँले घटेर २ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै चाँदीको मूल्य ७५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको ४ हजार ९ सय ७५ रुपैयाँ थियो ।