२ कार्तिक २०८३, आइतबार

यातायात व्यवस्था विभागद्वारा छापिएका ६७४ थान लाइसेन्सको विवरण सार्वजनिक

0
Shares


काठमाडौँ । नवनिर्वाचित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा। ओजश्वी शेरचनले विज्ञताको आधारमा आफूले समितिको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

शुक्रवार सिंहदरबारमा समितिको सभापतिमा निर्वाचित भएगलत्तै उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन। । सत्तापक्ष र प्रतिपक्ष भन्दा पनि शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रका विज्ञहरुले दिएका सुझावको आधारमा समितिको कामलाई प्रभावकारी ढंगले अघि बढाउने उनको योजना थियो । सभापति शेरचनले समितिको कामलाई प्रभावकारी बनाउनका लागि विषयविज्ञहरुसहितको उपसमिति तत्काल बनाउने समेत बताए ।

उनले भने , ‘हामी डिफरेन्स सेक्टरमा मान्छेहरु, डिफरेन्ट विज्ञता भएका मानिसहरु सँगै जोडेका छौ । अहिले हामी पक्ष र विपक्ष भन्दा पनि टिम नेपाल भनेर अगाडि जान्छौँ भनेर म त्यस्तै किसिमले अघि बढ्न चाहन्छु । हामी स्वास्थ्यकर्मी छौँ धेरै जना । डक्टर्स, नर्सहरु छौँ । हेल्थ पोलिसी मेकरहरु पनि हुनुहुन्छ । एजुकेशन सेक्टर कन्ट्रिब्युट गरेका मान्छेहरु हुनुहुन्छ । त्यस्तै गरेर सूचनामा पनि आईटी सेक्टरमा भन्ने सूचनाबाट नै आएका व्यक्तित्वहरु पनि हुुनुहुन्छ । उहाँहरुलाई ल्याएर सव कमिटीको आधारमा, विज्ञताको आधारमा डिभाईड गरेर इफेक्टिभली हामी अगाडि बढ्छौँ ।’

सभापति शेरचनले समितिलाई पक्ष र विपक्षमा भन्दा पनि नेपालको पक्षमा काम गराउने आफूले चाहेको पनि स्पष्ट पारे ।