२ कार्तिक २०८३, आइतबार

उद्योगी शेखर गोल्छा पक्राउ

0
Shares


काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघका  पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् ।

उद्योगी  गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो को टोलीले बिहीबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो ।

धितोपत्र ऐन अनुसार अनुसन्धानका लागि गोल्छालाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।

गोल्छा पछिल्लो समय शेयर विवादमा परेका थिए ।

विवादित सेयर कारोबारको विषयमा धितोपत्र बोर्डले तयार पारेको जाँचबुझ सुपरिवेक्षण प्रतिवेदनअनुसार गोल्छासहितका ५ जनाको मिलेमतो भएको आशंका गरिएको छ ।

हिमालयन रि–इन्स्योरेन्स प्रकरणको विवादमा रहेका गोल्छा हिमालयन रि–इन्स्योरेन्सका पूर्वअध्यक्ष समेत हुन् ।