२ कार्तिक २०८३, आइतबार

विपक्षीले संसदमा उठाए कर्मचारीको तलब बढाउनुपर्ने माग

0
Shares


काठमाडौँ । प्रतिपक्षी नेकपा एमालेले कर्मचारीहरूको तलब भत्ता वृद्धि गर्न माग गरेको छ । तीन तीन वर्षमा बढाउनुपर्ने तलब चार वर्षमा नबढेको भन्दै तलब भत्ता बढाउन माग गरेको हो ।

सरकारको  आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा संशोधन प्रस्तावमाथि छलफल गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका एमाले सांसद पुष्पराज कँडेलले सरकारी कर्मचारीको तलब वृद्धि गर्ने कुरा नीति तथा कार्यक्रममा नआउनु दुःखद भएको बताए ।

कँडेलले नीति तथा कार्यक्रमले १६औँ पञ्चवर्षीय योजनाको विषय नीति तथा कार्यक्रममा उल्लेख नै नभएको, दुईवटा बाहेक अन्य राष्ट्रिय गौरवका आयोजनाको सम्बन्धमा विषय उल्लेख नभएको, दिगो विकास लक्ष्य र विकासशील राष्ट्रमा स्तरोन्नतिको विषय नआएको तथा सङ्घीयता सबलीकरणको विषय नआएको भन्दै आलोचना समेत गरेका छन् ।