काठमाडौं। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा रहेको बताएका छन् ।पूर्वसभापति शेरबहादुर देउवा समूहको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले अझै आफू पार्टी विभाजनको बाटोमा जान नहुने पक्षमा रहेको बताएका हुन् ।
अहिले आधा कांग्रेस सानेपाबाट बाहिरै रहेको बताउदै उनले सभापति गगन थापालाई सिंगो कांग्रेसको सभापति हुने कि नहुने भन्दै प्रश्न गरे ? सबैलाई एकताबद्ध गरेर सिंगो कांग्रेसको सभापति हुनको लागि आग्रह गर्दै उनले सबै नेताहरूलाई सानेपा आउनसक्ने वातावरण बनाउन सुझाव दिए । नेता खड्काले नेपालको राष्ट्रियता इतिहासकै कमजोर अवस्थामा रहेको भन्दै कांग्रेस फुट्यो भने नरहने जिकिर गरे ।।
नेता खड्काले सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाए । सभापति थापाले गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै वडा सभापतिले सदस्यता अद्यावधिकको काम नगरे अर्कोलाई जिम्मा दिने चेतावनी दिएका थिए । त्यसप्रति नेता खड्काले आपत्ति जनाएका हुन् । उनले थापाले आफ्नो गल्ती अझै नस्वीकारेको भन्दै असन्तुष्टि जनाए ।