१ कार्तिक २०८३, शनिबार

प्रस्तावित प्रधान न्यायाधीश डा. शर्माविरूद्ध १६ उजुरी

0
Shares


काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधान न्यायाधीश डा‍। मनोज शर्माविरुद्ध १६ उजुरी परेका छन् ।  संसदीय सुनुवाइ समितिको वैशाख २५ गते बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । उजुरी दिने समय आजसम्म थियो । समिति सचिवालयले उजुरी दिन हुलाकदेखि इमेलसम्मलाई उपयोग गर्न सकिने व्यवस्था गरेको थियो । सिधै सचिवालयमा पुगेर पत्रमार्फत, सुनुवाइ समितिका सदस्यहरूलाई प्रत्यक्ष भेटेर खामभित्र राखेर र ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट उजुरी दिने व्यवस्था गरेको थियो । उजुरी दिँदा भने विषयवस्तुको आधार र कारण स्पष्ट खुलाउन भनिएको थियो ।

जेठ ५ गते बस्ने सुनुवाइ समिति बैठकले सबै समिति सदस्यको रोहबरमा प्राप्त उजुरी खोल्नेछ । त्यसपछि अध्ययनका लागि सबै सदस्यहरूलाई वितरण गरिनेछ।