३० आश्विन २०८३, शुक्रबार

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ, राहदानी छपाईमा अनियमितताबारे परराष्ट्र सचिव राई र ठेकेदार थापा पनि अनुसन्धानको दायरामा

0
Shares


काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् ।

राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि उनलाई आइतबार राति पक्राउ गरिएको अख्तियारले जनाएको छ । सोही मुद्दाको अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, ठेकेदार सिद्धार्थ थापा पनि अनुसन्धानको दायरामा रहेको जनाइएको छ ।

ठेकेदार थापासँग सोमबार नै सोधपुछ गरिएको र बोलाएको समयमा उपस्थित हुने गरी घर पठाइएको बताइएको छ ।

ठेकेदार थापा नेपाली कांग्रेसका सांसद सुनीलबहादुर थापाका छोरा तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति हुन् ।