३० आश्विन २०८३, शुक्रबार

सरकारको नियतमा कुनै पनि शङ्का छैनः रवि लामिछाने

0
Shares


काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको नियतमा कुनै पनि शङ्का नभएको बताएका छन् ।

रौतहटका विभिन्न पार्टी नेताहरूसँगको कुराकानीमा सरकारको निर्णयले समस्या आए करेक्सन गर्न सकिने बताएका हुन् । सरकारका निर्णयले लाभ नभई हानि गर्छ भने त्यस्ता निर्णय परिवर्तन हुने उनको भनाइ छ । उनले सुरुमा एकदम धेरै विवादमा आएका कैयौँ चिजहरू कालान्तरमा सही प्रमाणित भएको उदाहरण समेत दिएका छन् ।

सभापति लामिछानेले पार्टी गलत बाटोमा गयो भने खबरदार गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।