३० आश्विन २०८३, शुक्रबार

माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि डोजर चलाइने

0
Shares


काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरु गरेको छ ।

माईतीघर लगायतका क्षेत्रमा वर्षेनी दोहोरिने डुबान र ढल निकासको समस्याको दीर्घकालिन समाधानका लागि महानगरपालिकाले ढल निकासलाई फराकिलो बनाउन लागेको हो । महानगरले बुधवार माईतीघरबाट आर्मी मुख्यालय छिर्ने बाटोतर्फबाट निकास सफा गर्ने तथा खुलाउने काम गरिरहेको छ । यसअघि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा गठित चार सदस्यीय संयुक्त प्राविधिक टोलीले प्राविधिक त्रुटी, अव्यवस्थित शहरीकरण र संरचनागत अतिक्रमणको कारण डुबान तथा ढल निकासको समस्या उत्पन्न भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो । साउन ६ गते बुझाइएको उक्त प्रतिवेदनले शहरीकरण विस्तारको क्रममा अव्यवस्थित शहरीकरणका कारण ढल निकासमा अवरोध सिर्जना हुँदा वर्षेनी डुबान हुने गरेको देखाएको छ । उक्त प्रतिवेदनको कार्यान्वयन गर्दै महनगरपालिकाले थापाथली कलेज, तथ्यांक विभागलगायत कार्यालय नजिकको ढल निकास खुलाउने कार्य शुरु गरेको हो । सडक डिभिजन काठमाडौंका डिभिजन प्रमुख सुवोधकुमार देवकोटाले माईतीघर डुबानमा पार्नुको कारण ढल निकास साँघुरो रहेको र कतिपय स्थानमा पुरिएको भेटिएको बताए । उनले अगामी दिनहरुमा वर्षा हुँदा डुबान तथा बाढीको समस्या नआओस् भनेर पुरिएको निकास हटाएर थप फराकिलो बनाउने कार्य भैरहेको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाका महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले माईतीघरको डुबान समस्या समाधानका लागि महानगर प्रहरीले अहोरात्र खटिएर काम गरिरहेको बताए । ढल निकासको बहाव क्षमता वृद्धि गरी वर्षायाममा हुने डुबान न्यूनीकरण गर्न सबे क्षेत्रको ढल निकासलाई फराकिलो बनाइने उनको भनाइ छ ।

महानगरले तत्कालका लागि अतिक्रमण गरी बनाइएका संरचना हटाउने, भित्री ढल र टुकुचाको पिँध सफा गरी किनार फराकिलो बनाउने, छोपिएका म्यानहोल उठाउने र समन्वय संयन्त्रलाई सक्रिय बनाउन बताइएको छ ।