काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगन्ज घटनाको वास्तविकता बाहिर ल्याउन सरकारलाई अपिल गरेका छन् ।
बिहीबारप्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उनले घटनाको वास्तविकता बाहिर ल्याउन आग्रह गरेका हुन् ।कप्तानगन्ज घटनाले साम्प्रदायिक विद्वेषको चिन्ता व्यक्त भइरहेको उनले बताए ।
पूर्वप्रधानमन्त्री प्रचण्डले सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन ल्याउन माग गरे ।