काठमाडौं । शिक्षा क्षेत्रका विज्ञ डा. राजेन्द्र केसीद्वारा लिखित ‘द .पावर अफ माइन्डसेट’ पुस्तक काठमाडौंमा सार्वजनिक गरिएको छ ।
नेपालको व्यवस्थापन तथा शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय डा. केसीले शिक्षा प्रणालीका चार प्रमुख सरोकारवाला—अभिभावक, शिक्षक, व्यवस्थापन र विद्यार्थी—बीच विद्यमान अन्तर लाई केन्द्रमा राखेर उक्त पुस्तक तयार गरेका हुन् । डा. केसीका अनुसार यो पुस्तक अनुमान वा परिकल्पनामा आधारित नभई विभिन्न क्षेत्रका अनुभवजन्य अध्ययन, अनुसन्धान तथा तथ्य–तथ्याङ्कका आधारमा तयार गरिएको अनुसन्धानमूलक कृति हो । पुस्तकलाई पाँच मुख्य खण्डमा विभाजन गरिएको छ ।
लेखक केसी साउथवेस्टर्न स्टेट एजुकेशनल ग्रुपका संस्थापक प्राचार्य हुन् । यसअघि उनले ‘बैकल्पिक साच शीर्षक पुस्तक प्रकाशन गरिसकेका छन ्। उनका दर्जनौँ अनुसन्धानमूलक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् । पुस्तकका भूमिका लेखक तथा शुभेच्छुकहरूले यस कृतिले नेपालको शिक्षा प्रणालीलाई गहिरो रूपमा बुझ्न सहयोग पु¥याउने ऐनाका रूपमा काम गर्ने विश्वास व्यक्त गरेका छन्।विद्यार्थी पुस्तक भण्डार, काठमाडौंबाट प्रकाशित करिब २०० पृष्ठको यो पुस्तक शुक्रबारदेखि देशभरका बिक्री केन्द्रमार्फत उपलब्ध हुने प्रकाशकले जनाएको छ । लेखक केसीले पुस्तकबाट प्राप्त हुने सम्पूर्ण रोयल्टी युवामुखी कार्यक्रमहरूमा सहयोगस्वरूप प्रदान गरिने घोषणा गरेका छन् ।