काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक २४ साउनका लागि बोलाइएको छ ।
क्रियाशील सदस्यको अद्यावधिकलाई टुंगो लगाउन आउने आइतबार कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले एक सूचना जारी गर्दै २४ गते बैठक बस्ने जनाएका छन् । यो बैठकमा अधिवेशनको मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यताको टुंगो लगाइने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
कांग्रेसले आगामी असोजमा १५ औँ महाधिवेशन गर्ने मिति तय गरेको छ । त्यसअगावै सदस्यताको सूची निर्वाचन समितिलाई बुझाउनु अघि केही गल्ती भए त्यसलाई सच्याइने उनले बताए ।