३० आश्विन २०८३, शुक्रबार

सिन्धुलीस्थित सुनकोशी नदीमा कार खस्याे

0
Shares


काठमाडौं । सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ ।

फिक्कल गाउँपालिका–२ नवलपुरबाट सुनकोशी नदीमा कार खसेको सूचना आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ ।

कार खसेको सूचना आएपछि अहिले प्रहरी र सशस्त्रको टोली घटनास्थलतर्फ गएको जनाइएको छ । कारमा कति मान्छे सवार थिए भन्ने यकिन नरहेको उनको भनाइ छ ।

प्रहरीलाई आएको सूचनाअनुसार बसको ठक्करबाट कार नदीमा खसेको बताइएको छ ।

नदीमा खसेको कारको नम्बर र ठक्कर दिएको भनिएको बसको नम्बर समेत खुल्न बाँकी रहेको जनाइएको छ ।