३० आश्विन २०८३, शुक्रबार

३२ औँ विश्व आदीवासी दिवसको तयारी पूरा

0
Shares


काठमाडौं । नेपाल आदीवासी जनजाती महासंघले ३२ औँ विश्व आदीवासी दिवसको तयारी पूरा भएको जानकारी दिएको छ ।

महासंघले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जानकारी दिएको हो । संयुक्त राष्ट्रसंघको घोषणा बमोजिम प्रत्येक वर्ष अगष्ट ९ तारिखमा विश्वभर आदीवासी दिवस मनाउने गरिएको छ । महासंघले यसवर्षको आदिवासी दिवस ‘प्राप्त अधिकार रक्षा आजको आवश्यकता १ पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिवद्धता ११ भन्ने मूल नारासहित देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागेको महासंघका महासचिव विमल सारु मगरले जानकारी दिए । संविधानले परिकल्पना गरेको समावेशी लोकतन्त्र, सामाजिक न्याय तथा समान अवसर मर्मअनुसार आदीवासी जनजातीहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु हालको आवश्यकता रहेको उनले बताए । उनकाअनुसार विश्व आदीवासी दिवसको अवसरमा साउन २४ गते देशभरीको आदीवासी तथा जनजातीहरु आफ्नौ मौलिक भेषभुषा, बाजागाजा, साँस्कृतिक झाँकी, लोकगीत तथा परम्पराागत नृत्यसहित काठमाडौंको भृकुटिमण्डपमा सहभागी हुनेछन् । भृकुटिमण्डपबाट ¥यालीसहित भद्रकाली, सहिदगेट, सुन्धारा, वीर अस्पताल लगायतका मुख्य सडकको परिक्रमा गरि टुडिँखेलथित खुला मञ्चमा पुगेर मूल समारोहमा परिणत हुनेछ । मूल समारोहको उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मुल समारोहमा आदीवासी जनजातीहरुको मौकिल साँस्कृतिक प्रश्तुतीहरु प्रर्दशन गरिने महासचिव मगरले जानकारी दिनुभयो । यस्तै मौलिक रैथाने परिकार, परम्परागत खाद्य संस्कृति, हस्तकला, स्थानिय उत्पादन लगायतको विक्रीवितरणसहितको प्रदर्शनी हुने उहाँले बताउनु भयो । कार्यक्रममा विज्ञहरुसंग आदीवासी जनजातीका सवाल, अधिकार, भाषा, संस्कृति, पहिचान लगायतका विषयमा प्यानल छलफल समेत हुने महासंघले जनाएको छ ।

महासंघले मूल समारोहका सार्थ सप्ताहाव्यपी रुपमा विविध कार्यक्रम आयोजना गर्ने जनाएको छ ।आदीवासी जनजातीहरुको भाषा, संस्कृति, सम्भयता, इतिहास, परम्परागत ज्ञान, भूमी तथा प्राकृ।तिक स्रोतसंगको सम्बन्ध संरक्षण गर्नु राष्ट्रको साझा दायित्व भएको महासंघले बताएको छ । महासंघले संविधानमा व्यवस्था भएका समानुपातिक समावेशी प्रतिनिधित्व, समाजिक न्याय, समान अवसर, मातृभाषाको संरक्षण, साँस्कृतिक अधिकार, पहिचान तथा आदिवासी जनजातिहरुको सम्मानजनक सहभागिताको पूर्ण कार्यन्वयन गर्न सरकारसंग माग गरेको छ ।