३० आश्विन २०८३, शुक्रबार

कांग्रेस केन्द्रीय समितिलाई संस्थापनइतर समूहले पठायो चेतावनीयुक्त पत्र

0
Shares


काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औँ महाधिवेशन गर्नेलगायत सम्पूर्ण निर्णय यथास्थितिमा राख्न आग्रह गरेको छ ।

इतर समूहको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले मंगलबार (साउन २६) केन्द्रीय समितिलाई पत्र लेख्दै सर्वोच्च अदालतबाट निस्सा पुनरवलोकनको अनुमति जारी भएकाले महाधिवेशनलगायत निर्णय यथास्थितिमा राख्न आग्रह गरेका हुन् । अदालतबाट मुद्दाको अन्तिम किनारा नलागेसम्म साबिक संरचना र नेतृत्वको वैधानिकतामाथि कानुनी रूपले प्रश्नचिह्न खडा भएको पत्रमा उल्लेख छ ।

गम्भीर कानुनी र नीतिगत संक्रमणकालीन अवस्थामा पार्टीभित्र थप जटिलता र संकट उत्पन्न नहोस् भन्नका निम्ति पत्र पठाइएको जनाइएको छ । अदालतमा विचाराधीन मुद्दाको अन्तिम परिणामलाई असर पर्ने गरी कुनै पनि गतिविधि अगाडि नबढाउन चेतावनीसहित इतर समूहले संस्थापन पक्षको ध्यानाकर्षण गराएको छ ।