काठमाडाैं । नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ? अब गाडी किन्नका लागि कर्जा प्रक्रियालाई थप सहज र छिटो बनाउँदै ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ।
नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी अटो लोन लिन सक्नेछन्। जसअनुसार, हालको आधारदरमा न्यूनतम ५.२५ प्रतिशत ब्याजदर मा अटो लोन उपलब्ध हुनेछ। साथै, नाइमा अटो एक्सपोमा नयाँ इभी गाडी खरिद गर्ने ग्राहकका लागि ३ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदर को विशेष योजना पनि ल्याइएको छ। ३ वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी कायम हुनेछ। अझ विशेष कुरा, कर्जाका लागि बैंकसम्म पुगिरहनु पर्दैन।
नाइमा अटो एक्सपोमै रहेको ग्लोबल आइएमई बैंकको स्टलबाटै कर्जाको आवेदन दिन सकिनेछ। आवश्यक कागजात पूरा गरेपछि बैंकले अधिकतम तीन दिनमै कर्जा स्वीकृतिपत्र उपलब्ध गराउने व्यवस्था गरेको छ। त्यसैले, नयाँ गाडी वा इभी खरिद गर्ने योजना बनाउँदै हुनुहुन्छ भने नाइमा अटो एक्सपोमा रहेको ग्लोबल आइएमई बैंकको स्टल (S1)मा पुग्नुहोस् र सहज तथा छिटो अटो लोनको सुविधा लिनुहोस्।