१ कार्तिक २०८३, शनिबार

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता

0
Shares


काठमाडौं । नेपाली कांग्रेसेका निवर्तमान सभापति शेरबहादुर देउवाले जनता नै देशका मालिक भएको बताउँदै जे जनताले चाह्यो त्यही हुने बताएका छन् ।

बिहीबार स्वदेश फर्किपछि चुनदेवीस्थित कांग्रेस संस्थापन इतरको सम्पर्क कार्यालयमा नेताकार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । नेपाली जनता र नेपाली अदालतमाथि आफूलाई पूरा विश्वास रहेको उनको भनाइ छ । ‘सर्वोच्च अदालत पञ्चायतकालदेखि नै निष्पक्ष न्याय दिएको अदालत भएको बताउदै उनले अदालतप्रति आफूलाई पूरा विश्वास रहेको उल्लेख गरे ।आफू भोलिका दिनमा पनि लडिरने उनको भनाइ छ ।

देउवा बिहीबार दिउँसो साढे १२ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । गत भदौ २४ गते ‘जेन–जी आन्दोलन’का क्रममा गम्भीर घाइते भएका देउवा उपचारका लागि धर्मपत्नी एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासहित सिङ्गापुर प्रस्थान गरेका थिए । सिङ्गापुरमा स्वास्थ्योपचार गराएपछि उनी थाइल्याण्ड हुँदै काठमाडौँ अवतरण गरेका हुन् । विमानस्थलमा उहाँलाई स्वागत गर्न नेपाली काँग्रेसका नेताहरूको बाक्लो उपस्थिति रहेको थियो ।