१ कार्तिक २०८३, शनिबार

खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

0
Shares


काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त खगराज भट्टले सुदूरपश्चिमका २७ लाख जनताको नेतृत्व गर्ने अवसरलाई जिम्मेवारी र चुनौतीको भारी थपिएको प्रतिक्रिया दिएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका नेताभट्ट नेकपा एमालेको समर्थनमा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका हुन् । खुसी भन्दा बढी जिम्मेवारीबोध र अलि बढी चुनौतीको भारीले थिचिएको महसुस भएको बताउदै उनले ‘सिङ्गो सदनको विश्वास लिएर २७ लाख जनताको भावलाई केन्द्रमा राखेर काम गर्ने उल्लेख गरे ।

भट्टले काम गर्नेक्रममा धेरै नै चमत्कार सम्भव नहुने भन्दै गरेका काम राम्रा हुने बताए । उनले आजै शपथपछि नयाँ मन्त्रीमण्डल विस्तार गर्नेछन् ।