काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला औपचारिक रुपमा सुरु भएको छ ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो । मिराकल पार्टी प्यालेस काठमाडौंमा भएको भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा शशांक कोइराला समूहका नेता–कार्यकर्ताको उपस्थिति छ । भेलालाई हिजोमात्रै काठमाडौं आइपुगेका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्।
जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका उनी उपचारका लागि सिंगापुर गएका थिए। उनी पाँच महिनापछि हिजो नेपाल फर्किएका हुन्। बन्दसत्र साउन ३० र ३१ गते हुने जनाइएको छ ।