३० आश्विन २०८३, शुक्रबार

ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन

0
Shares


काठमाडौं । ललितपुर महानगरपालिकाले ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गरेको छ ।

महानगरले लगनखेल वातावरण संरक्षण समितिसँगको सहकार्यमा पुनर्निर्माण गरिएको पार्कसहितको सप्तापाताल पोखरीको शनिवार एक विशेष कार्यक्रमको आयोजना गरि उद्घाटन गरेको हो । पोखरीको महानगरका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य लगायतले संयुक्त रुपमा गरेका हुन् महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठकाअनुसार यस परियोजनाको कुल क्षेत्रफल भने १३ रोपनी ६ आना २ पैसा ३ दाम रहेको छ । उक्त परियोजना करिब ४ करोड ७२ लाख रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको हो । ६.७१ रोपनी क्षेत्रफल रहेको पोखरीको पानी धारण क्षमता करिब १९ लाख लिटर रहेको श्रेष्ठले जानकारी दिइन् ।सार्वजनिक तथा परम्परागत उपयोगका लागि सात बे को एउटा र तीन बे का दुईवटा गरी तीन वटा फल्चा निर्माण गरिएको उनले जानकारी दिइन् ।

राजकुलो प्रणाली पुनर्जीवित भएपछि सप्तपाताल पोखरीमा परम्परागत प्रणालीअनुसार पानी ल्याउन सहज हुने प्रमुख श्रेष्ठको भनाइ छ । पुनर्निर्माण गरिएको पोखरीलाई दीर्घकालीन रूपमा संरक्षण र सञ्चालन गर्न पानीको स्रोत पुनःस्थापना कार्यलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिइन् ।