३० आश्विन २०८३, शुक्रबार

बालुवाटारमा आफ्नै भवनमा सर्यो गरिमा विकास बैंकको मुख्यालय 

0
Shares


काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको कर्पोरेट कार्यालय काठमाडौँको लाजिम्पाटबाट बालुवाटारस्थित आफ्नै भवनमा सरेको छ ।

 

गत वर्षको कात्तिक २७ गते सम्पन्न भएको बैंकको १९औँ वार्षिक साधारणसभाको निर्णय बमोजिम हाल कामपा–२, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय कामपा–३ बालुवाटारमा सारिएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन् ।सो अवसरमा बैकका प्रमुख कार्यकारी निर्देशक सिइओ माधव प्रसाद उपाध्यायले ३ जिल्लाबाट सुरु भएको बैंकको यात्रा हाल राष्ट्रिय स्तरसम्म आईपुग्न धेरै संस्था मर्जरबाट सम्भव भएको बताएका थिए ।

 

कार्यक्रममा २ करोड ६४ लाख चुक्ता पूजीबाट सुरु भएको बैंकको यात्रा अघि बढिरहेको र अहिले बैंकको चुक्ता पूजी ६ अर्व २ करोड पुगेको जानकारी दिईएको थियो । साथै निक्षप पनि एक खर्ब पुगेको बताईएको छ । नेपाल राष्ट्र बैंकबाट ’ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको विकास बैंकको रूपमा रहेको उक्त बैंक २०६४ सालमा स्थापना भएको हो । यसले देशैभर शाखा सञ्जाल विस्तार गरी आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।