३० आश्विन २०८३, शुक्रबार

रास्वपा पदाधिकारीमा संस्थापनपक्षबाट ६ जना मनोनीत, बालेन पक्षबाट टुंगिन बाँकी

0
Shares


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले रिक्त विभिन्न पदाधिकारी पद पूर्ति गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको बैठकले पार्टीको प्रवक्ता, कोषाध्यक्षसहितका पद पूर्ति गरेको हो । जसअनुसार प्रवक्तामा जगदीश खरेल, कोषाध्यक्षमा डा मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनित भएका छन् । बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनित गरेको छ । यस्तै तोसिमा कार्कीलाई जनस्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

 

यस्तै, परराष्ट्रमन्त्री शिशिर खनाललाई अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभाग प्रमुख र लिमा अधिकारीलाई अर्थ विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । परराष्ट्रमन्त्री खनालले सुरुमा महामन्त्रीमा उम्मेदवारी दिए पनि पछि ब्याक भएका थिए । लिमाले भने कतै पनि उम्मेदवारी दिएकी थिइनन् । एक उपसभापति, एक महामन्त्री ,एक सहमहामन्त्री अझै मनोनित हुन बाँकी छ ।