काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न मागसहित पेस भएको रिट निवेदन सर्वोच्च अदालतले अध्ययनका लागि राखेको छ ।
विशेष महाधिवेशन आधिकारिकता विवादमा पुनरवलोकनका लागि सर्वोच्च अदालतबाट अनुमति भइसकेको अवस्थामा रिट निवेदन अध्ययनका लागि राखिएको हो ।
महाधिवेशन प्रक्रिया रोक्न माग राखेर नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले वारेसमार्फत सर्वोच्च प्रशासनमा रिट पेस गरेका थिए । सर्वोच्च प्रशासनले जनाएअनुसार देउवाले वारेसमार्फत रिट पेस गरेको जानकारी दिँदै शुक्रबार अध्ययनका लागि राखिएको छ ।
उनको रिट निवेदनमा शनिबार र आइतबार बिदा परेकाले सोमबार मात्र आवस्यक निर्णय लिइने जनाइएको छ ।