३० आश्विन २०८३, शुक्रबार

लाल आयोगले तयार पारेको प्रतिवेदन यथा सिघ्र सार्वजनिक गर्न कांग्रेसको माग

0
Shares


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले टीकापुर घटनाबारे लाल आयोगले तयार पारेको प्रतिवेदन यथा सिघ्र सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

 

आयोग गठन भएको एक दशक बित्न लाग्दा समेत प्रतिवेदन सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य बाहिर आउन नसकेको र न्याय पाउनबाट पीडित वञ्चित भएको भन्दै थापाले सामाजिक सञ्जाल मार्फत त्यो तत्काल सार्वजनिक गर्न आग्रह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले ०७३ सालमा गठित उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग)ले बुझाएको प्रतिवेदन अझै सार्वजनिक नगरिनु दुःखद भएको बताएका छन् । विगतका सरकारले पनि प्रतिवेदन सार्वजनिक नगरेको उल्लेख गर्दै उनले त्यसैलाई देखाएर अझै गोप्य राखिरहनु उचित नहुनेमा जोड दिएका छन् ।

न्याय पाउने पीडितको अधिकार भएको भन्दै उनले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका छन् । राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै आए पनि सत्तामा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न नसकेको उनको भनाइ छ ।