३० आश्विन २०८३, शुक्रबार

भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै किसान आन्दोलित

0
Shares


काठमाडौं । कुखुरापालक किसानहरूले आफ्नो पेशामा भोग्नुपरेका विविध समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै माइतीघरमा प्रदर्शन गरेका छन् ।

उनिहरुले उत्पादन लागतका आधारमा न्यूनतम समर्थन मूल्य तोकिनुपर्ने र बजारमा व्याप्त बिचौलियाको एकाधिकार अन्त्य हुनुपर्नेलगायतका कृषि, वन तथा वातावरण मन्त्रीसमक्ष १२ बुँदे माग राखेर माइतीघरमा प्रदर्शन गरेका हुन् । कुखुराको मूल्य निर्धारण गर्ने अधिकार किसानलाई नै दिनुपर्ने माग गरिएको छ । किसानको लागत, जोखिम र लगानीलाई आधार मानी सरकारले कुखुराको न्यूनतम समर्थन मूल्य कायम गर्नुपर्ने उनीहरूको भनाइ छ ।

बजारमा बिचौलिया र पोल्ट्री स्टोरहरूले ठगी गरिरहेको भन्दै काँटा (तराजु) मा हुने अनियमितता, बिचौलियाका नाममा गरिने कटौती र प्रतिकिलो १० देखि २० रुपैयाँसम्म मूल्य घटाएर किसानलाई लुट्ने प्रवृत्ति तत्काल अन्त्य गर्न माग गरिएको छ ।ह्याचरीहरूले तोकेको मूल्यभन्दा बढीमा चल्ला बिक्री गर्ने कार्य रोक्न र चल्लाको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमनको माग गरिएको छ । त्यसैगरी, दाना कम्पनीहरूले गुणस्तरीय दाना उपलब्ध गराउनुपर्ने र गुणस्तरमा समस्या आए किसानको गुनासो सुन्ने प्रभावकारी निकायको व्यवस्था हुनुपर्ने किसानहरूको माग छ । भारतबाट संगठित रूपमा भइरहेको कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गरी नेपाली उत्पादनलाई संरक्षण गर्न किसानले सरकारसँग आग्रह गरेका छन् ।