३० आश्विन २०८३, शुक्रबार

बाढीले नुवाकोटमा विभिन्न क्षेत्रमा क्षति

0
Shares


 काठमाडौं । तिब्बतबाट रसुवा हुँदै आएको बाढीले नुवाकोटमा विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ ।

नुवाकोटमा सबैभन्दा बढी क्षति वेत्रावती बजारमा भएको विदुर नगरपालिकाले जनाएको छ ।

त्रिशुली बजार बाढीले क्षति पुर्‍याएको छ भने सेन्ट्रल जेल डुबानमा परेको छ । देवीघाट बजार पनि बाढीले डुबाएको छ ।

बिहान करिव ९ बजेतिर बाढी नुवाकोटमा आएको थियो।

हाल बाढीको क्षतिको विवरणको संकलन जारी रहेको जनाइएको छ ।