काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन् ।
गत बुधबार आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले यस अकल्पनीय प्राकृतिक विपत्तिले नेपाली नागरिकका साथै भारतीयलगायत अन्य विदेशी नागरिकलाई समेत प्रभावित बनाएको उल्लेख गरेका छन् । उनले नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई स्मरण गर्दै भारत सधैं नेपालको ‘सुख दुःखको साथी’ रहेको बताएका छन् ।