३० आश्विन २०८३, शुक्रबार

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो

0
Shares


काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।

बाढीमा परेर ज्यान गएकामध्ये २४४ शव शिक्षण अस्पतालमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ । यस्तै, २४ शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको जनाइएको छ । यस्तै, हाल ५९ शवहरू अस्पतालमै रहेका छन् । केही शवहरूको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टमपछि उक्त शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ ।हालसम्म बाढीमा परि मृत्यु हुनेको संख्या १ हजार ३ सय ४० नाघेको छ । विपद्मा परी अझै ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन छन् । बेपत्ताको सूचीमा पहिचान नभएका शव र उद्धार गरिएका व्यक्तिहरू समेत समावेश हुनसक्ने भएकाले हाल तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको छ । उद्धार कार्यलाई तिबव्रता दिँदै हालसम्म १३ हजार १०४ जनाको सकुशल उद्धार गरिएको छ ।

 

बाढी र पहिरोमा परी घाइते भएका ६ हजार ७५ जनाको उपचार गरिएको छ । विस्थापितहरूका लागि रसुवा, नुवाकोट, धादिङ र काठमाडौँमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरिएको छ, जहाँ हाल ३ हजार ६ सय ५२ जना आश्रित छन् ।विपद् व्यवस्थापनका लागि कुल २१ हजार ४ सय ६५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।