३० आश्विन २०८३, शुक्रबार

जेनजीको आँधीले कोरेको मार्गबाट एक इन्च पनि विचलित हुने छैनौं : रवि लामिछाने

0
Shares


काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन् ।

जेनजी शहीद दिवसको अवसरमा वक्तव्य जारी गर्दै उनले वर्षौंदेखि जरा गाडेर बसेर भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत असक्षमता नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रओ र अवसरविहीनताले सिर्जना गरेको निराशाविरुद्ध जेनजीहरू सडकमा उत्रिनुपरेको अवस्था स्मरण गरेका हुन् ।

एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका आफुहरुलाई परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण भएको उनको भनाइ छ । उनले गत वर्ष भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् भन्दै परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस् भन्ने कामना समेत गरेका छन् ।

उनले आन्दोलनमा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । राजनीतिमा चासो राख्नदैन भनिएको पुस्ता सडकमा उत्रिएर परम्परागत राजनीतिक शैलीलाई अस्वीकृत गरेको उनको भनाइ छ । युवाहरूले सडकबाट सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा आज रास्वपालाई उभ्याएको पनि उल्लेख गरेका छन्। त्यस्तै जेनजीको आँधीले कोरेको मार्गबाट एक इन्च पनि वितलिन नहुने बताएका छन्।