१ कार्तिक २०८३, शनिबार

जेनजीसँग भएका सम्झौता कार्यान्वयन गर्न सांसद यादवको माग

0
Shares


काठमाडौं । जेनजीसँग सरकारले गरेको १० बुँदे सम्झौता कार्यान्वयनको विषय प्रतिनिधिसभामा उठेको छ । यो कहिले कार्यान्वय हुन्छ भनेर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरुषोत्तम शुप्रभात यादवले यो विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सुरुमा उनले चर्चित अमेरिकन साहित्यकार विलियमको प्रसिद्ध भनाइ सम्झिए । ‘द पास्ट इज नेभर डेड इट इज नट इभन पास्ट । यथार्थ विगत कहिले मर्दैनन्, वर्तमानमा पनि त्यसको अंश बाँकी रहन्छन्’, उनले भने, ‘युवाहरुको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पुग्दैछ । गतवर्ष २३ गते जेनजी आन्दोलनको अनुमति लिने र आन्दोलनमा सहभागी हुने मध्ये एक जना म पनि हुँ र आज यो सदनमा उभिएको छु । आज पनि मेरो मनमा अनेकौं प्रश्नहरु पोलिरहेको छ ।’

 

आफ्नो मन भारी भएको उल्लेख गर्दै उनले थपे, ‘खासमा हामी सडकमा के माग्न गएका थियौं रु जसको बदलामा हामीले लाठी र गोली खानुपर्यो रु हाम्रा साथीहरु सुशासनका लागि सडकमा। आउँदा बन्दुकको नाल को निशानामा परे र ढले ।’

उनले आफूहरूको माग के थियो भनेर पनि राखे । ‘हाम्रो माग सत्ता थिएन । न त हामी कसैको भाग खोस्न गएका थियौ । आज मसँग बोल्ने शब्द र वाक्यहरु थोरै छन् तर पीडा र वेदना धेरै छन् त्यो पीडा युक्त घटना र दिन सम्झौता मन भारी भएको छ’, उनले भने ।

 

यहाँनेर उनले जेनजी आन्दोलनको माग र मर्मभावना निर्वाचनमा जनताले अनुमोदन गरिसकेको बताए । तरऽ जेनजीसँगको १० बुँदे सम्झौता कहिले कार्यान्वयन हुन्छ भनेर सोधेका हुन् ।

‘तर, आज पनि अन्तरिम सरकारको जेनजी पुस्तासँग गरेको सहमति कार्यान्वयन भएको छैन’, उनले भने, ‘म ईश्वरसँग प्रार्थना गर्छु सरकारलाई। विगतको सम्मान गर्ने शक्ति मिलोस् अनि मृतक परिवार र घाइतेहरुसँग गरेको सम्झौता यता शीघ्र कार्यान्वयन गरियोस् । र जेलमा बन्द जेनजी योद्धाहरूलाई तत्काल रिहाई गरियोस् ।’

२४ मंसिर २०८२ मा तत्कालीन अन्तरिम सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र आन्दोलनकारीका तर्फबाट भोजविक्रम थापाले गरेको सम्झौताको प्रस्तावनामै जेनजी आन्दोलनलाई राजनीतिक–सामाजिक जनआन्दोलनको रुपमा लिपिवद्ध गरिएको थियो ।

यहाँनेर उनले चेतावनीको भाषा बोलेका छन् । ‘साथै म चेतावनी पनि दिन चाहन्छु, बालुवाटारबाट बार्दली पुगेका एउटा विगतलाई हाम्रा साथीहरुको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन हुनेगरी थप अहंकारको कालो बादल यो सदन भित्र गर्जन बन्द गरियोस्’, उनले भने ।

सत्ता स्थायी नहुने ख्याल गर्न पनि उनले आग्रह गरे ।