३० आश्विन २०८३, शुक्रबार

उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा पदबाट राजीनामा

0
Shares


काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारबाट उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् ।

 

शाह सरकारबाट बाहिरिने उनी महोत्तरीकी दोस्रो मन्त्री हुन् । यसअघि महोत्तरी २ बाट निर्वाचित दिपक साह श्रममन्त्री नियुक्त भएको दुई सातामै पदमुक्त भएका थिए । स्वास्थ्य बीमा बोर्डमा निलम्बित अवस्थामा रहेकी आफ्नी पत्नीलाई पुनर्बहाली गर्न भूमिका खेलेको विषयमा विवाद उत्पन्न भएपछि प्रधानमन्त्री शाहले उनलाई हटाएका थिए । शाह १४ दिनमात्रै मन्त्री पदमा रहे ।

महोत्तरीकै क्षेत्र नम्बर ४ बाट निर्वाचित भएको गौरी यादवलाई प्रधानमन्त्री शाहले २०८२ चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरेका थिए । यो मन्त्रालयमा सुरुमा अमरेश यादवको नाम आए पनि उनले अस्वीकार गरेपछि प्रधानमन्त्री शाहले केही समय आफैंसित राखेका थिए । पछि यादवलाई जिम्मेवारी दिएका हुन् । ग्यासको अभाव समाधान गर्न नसकेपछि उनी दवावमा परिरहेकी थिइन् । त्यसमाथि बुधबार मात्रै उद्योगीहरुलाई पाता फर्काउने उनको अभिव्यक्ति विवादमा परेको थियो । सोही अभिव्यक्तिलाई लिएर बिबिहार नेपाल उद्योग वाणिज्य महासंघले ग्यास उद्योगीलाई लक्षित गरि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले दिएको अभिव्यक्ति आपत्तिजनक र गैरजिम्मेवार भएको बताएको थियो ।