काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी पीडितलाई महालक्ष्मी इंग्लीस हाई स्कुलले एक लाख ९ हजार चार सय रुपैया सहयोग गरेको छ ।
रसुवा भोटेकोशी बाढी पिडितका सहयोगार्थ विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी एवम विद्यालयका तर्फबाट रु १,०९,४६५÷– अक्षरुपी एक लाख नौ हजार चार सय पैसठ्ठी रुपिया प्रधानमन्त्री उद्धार राहत कोषको खातामा जम्मा गरेको हो । विद्यालयले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत सामुदायिक विद्यालय, विकास निर्माण एवम सामाजिक कार्यमा स्थापना काल देखि निरन्तर सहयोग गर्दै आएको छ ।
यस्तै विद्यालयले परिवारले रसुवा भोटेकोशीमा अकल्पनीय हिम पहिरोको कारणले सिर्जित बाढीका कारण भएको ठूलो धनजनको क्षतिमा गहिरो दुःख समेत व्यक्त गर्दै बाढीमा परि असामयिक निधन भएका सम्पूर्ण नेपाली एवम विदेशी नागरिक प्रति विद्यालय परिवारले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।
