३० आश्विन २०८३, शुक्रबार

संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिवद्ध छः प्रधानमन्त्री साह

0
Shares


काठमाडौं । शनिबार संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईंएको छ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते घोषणा भएको थियो । संविधान जारी भएको शनिबार ११ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र मौलिक हकसहितको संविधान जारी भएको घोषणा गरेका थिए त्यही दिनको सम्झनामा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

 

दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिएका थियो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । मुल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यो सरकार विद्यमान संविधानप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् ।संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको उनकोभ नाय छ । यस्तै उनले संविधान जति राम्रो भएपनि च्यसलाई चलाउने हातहरु इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागज मात्रै हुने बताए । उनले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको दाबी पनि गरे । उनले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अवलम्बन गरिएको बताए ।

मूल समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीहरूले मार्चपास, झाँकी र सांस्कृतिक प्रस्तुति गरेका थिए । कार्यक्रममा संविधानको महत्त्व, राष्ट्रिय एकता र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणसँग सम्बन्धित सन्देश प्रस्तुत गरिएको थियो ।

हरेक वर्ष तामझामका साथ संविधान दिवस मनाइए पनि संविधान जारी भएको ११ वर्ष वितिसक्दा पनि कार्यान्वयनका लागि सङ्घीय संसदले बनाउनु पर्ने कानुनहरू अझै पनि बाँकी नै छन् । बनेका कानुनहरूको पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको स्यमं सांसदहरुले बताउदै आएका छन् । बिगतका सरकार देखि हालका सरकार सम्मले पनि संघियता कार्यान्वयनका लागि चासो नदेखाएको आरोप समेत लाग्दै आएको छ ।

त्यस्तै हाल संविधान संशोधनको विषय पनि उठिरहेको छ । गत वर्ष भदौ २३ र २४ मा भएको ‘नवयुवा आन्दोलन’को जगमा फागुन २१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा करिव दुई तिहाइ मत प्राप्त गरी पहिलो दल बनेको छ । योसँगै संविधान संशोधनको बहस शुरु भएको हो ।संविधानलाइ अझ परिस्कृत बनाउनका लागि संसोधन गर्न सबै राजनीतिक दलहरु तयार भएको बताउदै आएका छन् ।