काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५ औं महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने बताएका छन् ।
संविधान दिवसको अवसरमा शनिबार सामाजक सञ्जाल मार्फत शुभकामना सन्देश जारी गर्दै सभापति थापाले महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने बताएका हुन् । उनले संविधानमा कतिपय कुराहरू परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै संविधान संशोधनको साहस र स्पष्टता पनि महाधिवेशनबाट ल्याउने बताएका छन् ।
सभापति थापाले अधिवेशनमा आपसी तिक्तता थप बढाउने अवस्था निर्माण नगर्न आग्रह गरेका छन् ।अधिवेशनमा जाँदै गर्दा एउटै मत बनाएर जाने सर्वोत्तम प्रयत्न गरिएको उनको भनाइ छ ।