३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी अनवरबीच टेलिफोन वार्ता, रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट र बिचौलिया प्रथा रोक्न आग्रह

0
Shares


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट र बिचौलिया प्रथा रोक्न आग्रह गरेका छन् ।

 

उनले मलेसियाको रोजगारीमा धेरै समस्या रहेको र त्यसबाट नेपाली श्रमिकहरु प्रताडित रहेकोले समस्या समाधान गर्न ध्यानाकर्षण गराएका हन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग मंगलबार बिहान टेलिफोनमार्फत कुराकानी गरेका थिए । प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउन जोड दिएका छन् ।मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारेका थिए ।

 

यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दैै यसको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकतामा जोड दिए ।मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि यस्ता प्रबृत्तिको विरुद्धमा आफू रहेको उल्लेख गरेका छन् ।