३० आश्विन २०८३, शुक्रबार

कांग्रेस काठमाडौं महानगरको सभापतिमा उम्मेदवारी दिने सुसन वैद्यकाे घाेषणा

0
Shares


काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरको सभापतिमा सुसन वैद्यले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा बुधबार हुने महानगरको अधिवेशनमा पेशाले इन्जिनियर रहेका वैद्यले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी वर्तमान समितिमा सचिव रहेका छन् ।

महानगरको अधिवेशनका लागि करिब १७ सय क्षेत्रीय प्रतिनिधि छनोट भएका छन् । काठमाडौं महानगरको अधिवेशनको प्रमुख अतिथिमा महामन्त्री प्रदीप पौडेललाई आमन्त्रण गरिएको छ ।