३० आश्विन २०८३, शुक्रबार

कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत क्षेत्रीयस्तरका अधिवेशन शुरु

0
Shares


काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू जारी छन् ।

भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिएको भएपनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित तालिका अनुसार शनिबार क्षेत्रीय अधिवेशन भएको हो । केन्द्रीय निर्वाचन समितिले विगत दुई दिन अत्यधिक वर्षा भएको र अइतबार सम्म भारी वर्षा हुने पूर्वानुमानका आधारमा असोज १३ गतेभित्र अनुकूलता अनुसार अधिवेशन सम्पन्न गर्न सकिने गरी विकल्प दिएको थियो ।

निर्वाचन समितिले विकल्प दिएपछि विशेष गरी पहाडी जिल्लाका अत्यधिक वर्षा भएका र बाटो अवरुद्ध बनेका केही निर्वाचन क्षेत्रमा भोलि र पर्सि अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ । शनिबारदेखि पुनः मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा शनिबार र बाँकीमा सोमबारसम्ममा अधिवेशन सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ ।