काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ ।
सुरक्षा थ्रेट भन्दै शनिबार मध्यराति घरबाटै पक्राउ परेका पूर्व प्रधानन्यायाधीश जबरालाई आइतबार परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो ।
उनलाई भेट्न भनेर कार्यालय पुगेको मानव अधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न दिएको थिएन । गेटमा करिब ४५ मिनेट कुर्दा पनि भेट्न नदिइएपछि आयोगको टोली फर्किएको थियो ।
सरकारले जबरालाई पक्राउ गर्नुपर्नाका कारण खुलाएको छैन ।
कानुनका जानकारहरुले प्रहरीको शैलीमाथि प्रश्न उठाएका छन् ।