३० आश्विन २०८३, शुक्रबार

गगनको प्रस्ताव- ९ लाख पार्टी सदस्यबाट सभापति चुन्ने व्यवस्था गरौँ

0
Shares


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी सभापति क्रियाशील सदस्यबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रस्ताव राखेका छन्।

जारी महाधिवेशनको बन्दसत्रमा प्रतिवेदन पेश गर्दै ९ लाख सदस्यबाट सीधै सभापति चुन्ने व्यवस्था गर्न प्रस्ताव राखेका हुन् ।नेपाली कांग्रेस कुनै नेता, पदाधिकारी वा समूहको निजी स्रोतसाधन नभएको उल्लेख छ।निर्णयमा पार्टी सदस्यको भूमिका कमजोर राखेर परिचालनमा मात्र सक्रिय बनाउन खोज्ने अभ्यास बदल्नुपर्ने बताए। समर्थक, शुभेच्छुक र सम्बन्धित समुदायको अनुभवलाई पनि पार्टीको नीति तथा सार्वजनिक कार्यसूचीमा अर्थपूर्ण स्थान दिइने उल्लेख छ। हरेक पदको लिखित कार्यविवरण, नियमित आत्ममूल्याङ्कन र समीक्षा हुने उल्लेख छ।

यस्तै थापाले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा पार्टीको आर्थिक प्रणालीलाई संस्थागत गर्दै नेतृत्वको व्यक्तिगत निर्णयमा निर्भरता घटाउने प्रस्ताव गरिएको छ ।दस्तावेजअनुसार कांग्रेसका सबै तह स्वीकृत वार्षिक तथा कार्यक्रमगत बजेटका आधारमा सञ्चालन हुनेछन्। पार्टीको कोष परिचालनदेखि आन्तरिक निर्वाचन र प्राइमरी निर्वाचनमा हुने खर्चसम्म वित्तीय अनुशासनको दायरामा ल्याउने प्रस्ताव गरिएको छ।


कांग्रेसले पार्टीलाई प्राप्त हुने आर्थिक सहयोगको स्रोत, त्यससँग जोडिएका सर्त तथा सम्भावित स्वार्थसमेत परीक्षण गर्ने नीति अघि सारेको छ। यसबाट आर्थिक सहयोगका नाममा पार्टीको निर्णय प्रक्रियामा स्वार्थ समूहको प्रभाव पर्न नदिने उद्देश्य राखिएको दस्तावेजमा उल्लेख छ।