बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

वर्तमान सरकारको विकल्प छैनः नेता सिटौला

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन् । सञ्चारकर्मीहरुसँग आईतवार काठमाडौंमा कुराकानी गर्दै उनले अहिले कुनै एक दलको बहुमत नरहेको र अर्को सरकार बन्ने परिस्थिति पनि नरहेको उल्लेख गरे ।

उनले वर्तमान सरकार एउटा जटिल परिस्थितिमा निर्माण भएको र काँग्रेस र एमालेबीच भएका सम्झौताअनुसार नै पूरा कार्यकाल सरकार चल्ने बताए । सरकारले एक वर्षमा अपेक्षाअनुसार भने काम गर्न नसकेको बताए ।

उनले भने, ‘कसैको बहुमत छैन, प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला, एउटा परिस्थितिमा निर्माण भएको सरकार हो । वर्षदिनको समीक्षा गर्दा राजनीतिक दलहरुले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन । तर यो सरकार कन्टिन्यु जान्छ ।

किनभने यसको विकल्प अर्को सरकार बन्ने स्थिति देखिँदैन । अर्को सरकार बन्ने परिस्थिति, विकल्प नै देखिँदैन । जे सम्झौता भएको त्यसबमोजिम सरकारले आफ्नो कार्यकाल पूरा गर्दछ ।’ नेता सिटौलाले संविधान कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्नेकुरामा सरकारले कार्यदल बनाएर अघि बढ्ने पनि बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x