काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
सिन्धुपाल्चोक, काठमाण्डौ, कास्की, लमजुङ, पर्वत, पाल्पा, मुगु, इलाम, धनकुटा लगायतका जिल्लामा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मधेश प्रदेशको सप्तरीसहित अरू ठाउँमा पनि हल्का पानी परेको छ ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको नुर्पगाउँमा १२० मिलिमिटर पानी परेको छ । सिन्धुपाल्चोकको बोल्डे, ढुङ्गे, नुर्पुगाउँ, तार्के घयाङ्ग, मेलम्ची घयाङ्ग, भोताङ्ग वर्षामापन केन्द्रहरुमा मध्यम वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले ती क्षेत्र आसपासमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र आज पनि पहाडी भू–भागका केही ठाउँहरुमा तथा तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE