शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

आज साउन महिनाको दोस्रो सोमवार, शिवको आराधना गरी मनाइँदै

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज सनातन धर्मावलम्बीले भगवान् शिवको पूजाअर्चना तथा व्रत बसी मनाउँदै छन् ।

आज बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ ।

श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय वार । यस दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने गर्छन् । शास्त्रअनुसार साउन महिनामा शिवको आराधनाले पाप नाश, मनोकामना पूर्ति र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

व्रतकर्ताले बिहानै ब्रह्म मुहूर्तमा उठेर स्नान गरी सफा लुगा लगाउने, पञ्चामृत र जलले शिवको अभिषेक गर्ने, मन्त्रजप र आरती गर्ने प्रथा रहिआएको छ । शिव चालिसा, रुद्राष्टक वा सोमबार व्रत कथा पनि पढिन्छ वा सुनिन्छ । शिव पुराणमा वर्णित अनुसार यही महिनामा भगवान् शिवले समुद्र मन्थनबाट निस्किएको विष पान गरेर संसारको रक्षा गरेका थिए । ज्

योतिषीय रूपमा पनि साउन विशेष मानिन्छ, किनभने सूर्य कर्कट राशिमा रहने हुँदा चन्द्रमा सशक्त हुन्छ, जसले मानसिक शान्तिमा सहयोग पु¥याउँछ । यही कारण सोमबारको व्रतले पार्वतीलाई महादेव प्राप्त भएको धार्मिक कथन पनि छ ।

साउनको दोस्रो सोमबारका दीन बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ । दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्नसक्ने पशुपति क्षेत्र विकास कोषको अनुमान छ ।

यसैबीच हजारौँ भक्तजन बोलबम यात्राका लागि काठमाडौँको सुन्दरीजलमा जम्मा भएका छन् ।प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारमा रहेको सुन्दरीजल पुग्ने भक्तजनले नदीमा स्नान गरी शुद्ध वस्त्र धारण गर्छन् र त्यहीँबाट जल बोकी पशुपतिनाथ मन्दिरमा चढाउने परम्परा अनुसार यात्रा गर्छन्साउनको सोमबार हिन्दु धर्मावलम्बीहरूका लागि विशेष महत्त्व राख्ने दिन मानिन्छ ।

यस अवसरमा श्रद्धालुहरू भगवान् शिवको आराधना गर्दै बोल बम यात्रा गर्छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x