३० आश्विन २०८३, शुक्रबार

सुन्दरीजल खोलामा फसेका पाँचजनाको उद्धार

0
Shares


काठमाडौं । सुन्दरीजल खोलाको बीचमा फसेका पाँचजनालाई नेपाली सेनाले उद्धार गरेको छ ।

आज बिहान नुहाउने क्रममा सुन्दरीजल खोलामा बाढीमा फसेका चार भारतीय र एक नेपाल नागरिकलाई नेपाली सेनाले उद्धार गरेको हो ।

बिहान साढे २ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिरनजिक चार भारतीय र एक नेपाली खोलामा नुहाउने क्रममा एकासी खोलाको बहाव बढेपछि बीचमा फसेका थिए ।

खोलाको बीचमा फसेका उनीहरूलाई चन्दननाथ गणबाट खटिएको सेनाको उद्धार टोलीसहित अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।