शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

कहाँ गए सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना ?

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट हराएका एकै परिवारका १६ जनाको अन्तिम लोकेशन रामेछाप देखिएको छ ।

गत बिहीबार राति या शुक्रबार बिहान घर छाडेका उनीहरू सुनकोशी तरेर रामेछापतिर लागेको पुष्टि मोबाइल फोनको लोकेशनले गरेको हो । यद्यपि सोमबार उर्मिला हायुको परिवारका कुनै पनि सदस्यको फोन लागेको छैन ।

स्थानीय उर्मिला हायुसहित उहाँको परिवारका १६ जना गायब भएको पुष्टि सोमबार बिहान भएको थियो । तर, हायु परिवारका सदस्य बिहीबार राति या शुक्रबार बिहानबाटै गायब भएको अनुमान जनप्रतिनिधले गरेका छन् ।

घर छाडेर गायब हुनेमा उर्मिला हायुसहित उहाँका ६ जना छोरा, ६ छोरी, १ जना बुहारी, १ जना नातिनी र १ जना ज्वाइँसमेत रहेका छन् । बिहीबार घरमा बंगुर काटिएकाले छोरीज्वाइँ समेत आएको खुलेको छ ।

सुरूमा १६ जना हराएको खुलेपनि अहिले १८ जना एकसाथ गायब भएको पाइएको छ । सोमबार बिहान खबर आएपछि प्रहरीको टोली र वडाध्यक्ष रविन श्रेष्ठ हायु परिवारको जंगलबीचको घरमा पुग्दा कुकुर रोइहरहेको थियो । भैंसी र बाख्रासहितका चौपाया बेवारिसे थिए । आँगनमा बनाइएको भान्सा घरमा आगो लागेर जलेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x