बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ देखि

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । नाइमाले सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो ।

यही साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा हुने ‘मोबिलिटी एक्स्पो २०२५’मा ३५ वटा नयाँ सवारीसाधन सार्वजनिक गरिने भएको जनाएको छ । उक्त एक्सपोमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक (कमर्सियल) सवारीसाधन सार्वजनिक गरिने बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले नाइमा मोबिलिटी एक्स्पो नेपालकै सबैभन्दा ठूलो र समावेशी अटो प्रदर्शनी बन्ने विश्वास व्यक्त गरिन । उनले प्रदर्शनी अवधिभर विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरू सहभागी रहने प्यानल डिस्कसन र ज्ञानमूलक सत्रहरू आयोजना गरिने पनि जानकारी दिइन ।

उक्त एक्सपोमा विद्युतीय सवारीसाधन, नयाँ प्रविधि र नवप्रवर्तनमूलक मोबिलिटी समाधानहरू प्रदर्शनीको मुख्य आकर्षण रहने बताइएको छ । एभरेष्ट बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदर्शनीका प्रमुख प्रायोजक रहेका छन् । राइड सेयरिङ पठाओले एक्स्पो गन्तव्य भृकुटीमण्डपमा आउन–जान प्रयोग हुने राइडमा ३० प्रतिशतसम्म छुट दिने भएको छ भने फ्रन्टलाइन अस्पतालले चौबीसै घण्टा एम्बुलेन्स र आकस्मिक स्वास्थ्य सेवा उपलब्ध बताइएको छ ।

एक्स्पोलाई लक्षित गर्दै नाइमाले अनलाइन भिडियो प्रतियोगिता पनि गराउने भएको छ । उक्त प्रतियोगितामा सहभागीहरूले नाइमा अटो एक्स्पोसँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न सक्नेछन् । उत्कृष्ट भिडियो बनाउने एक जनालाई १ लाख, र श्रावण २१ देखि २५ सम्म पोस्ट गरिएका १० उत्कृष्ट भिडियो बनाउनेहरूलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x