बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

भारतसँगको अन्तिम टेष्ट म्याचकालागि इङ्ल्याण्डका ओभरटनलाई मौका

काठमााडौं । म्यानचेस्टरमा भएको खेल बराबरीमा सकिएपछि इंग्ल्यान्डले भारतविरुद्धको पाँचौँ टेस्टका लागि जेमी ओभरटनलाई टोलीमा स्थान दिएको छ ।

भारतसँगको अन्तिम टेस्ट क्रिकेटका लागि घरेलु टोली इङ्ग्ल्यान्डले तीव्र गतिका बलिङ अलराउन्डर ओभर्टनलाई टोलीमा समावेश गरेको हो । यसअघि म्यानचेस्टरमा भएको चौथो टेस्टको टोलीमा इङ्ग्ल्यान्डले एक जना खेलाडी थपेको हो ।

कप्तान बेन स्टोक्सको आग्रहमा अन्तिम खेलअघि उनी टोलीमा थपिएका हुन् ।

३१ वर्षीय ओभरटन टोलीमा छैटौं अग्रपङ्क्तिका तीव्र गतिका बलर हुनेछन् । इङ्ग्ल्यान्डको टोलीमा यसअघि नै जोफ्रा आर्चर, क्रिस वोक्स, जोश टङ्ग, गस एटकिन्सन र ब्राइडन कार्स छन् । जेमी ओभरटनले एक मात्र टेस्ट क्रिकेट खेलेका छन् ।

सन् २०२२ मा घरेलु मैदान लीड्समा न्युजिल्यान्डसँगको तेस्रो टेस्टमा खेलका ओभरटनले ९७ रन बनाउँदै २ विकेट लिएका थिए ।

इङ्ग्ल्यान्ड र भारतबीचको निर्णायक पाँचौं टेस्ट आउँदो बिहीवारदेखि लन्डनको केनिङटन ओभलमा शुरू हुनेछ ।

टेस्ट शृङ्खलामा इङ्ग्ल्यान्ड २–१ ले अघि छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x