बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पोखरामा भेटिएका उर्मिला हायूका परिवारलाई प्रहरीले आफन्तको जिम्मा लगायो

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमााडौ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएर पोखरामा भेटिएका उर्मिला हायूका परिवारलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

हिजो राति पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा भेटिएका उनीहरुलाई प्रहरीले धनबहादुर र अमिस तामाङको जिम्मा लगाएको हो ।

वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायतको रोहबरमा उनीहरुलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

हायु परिवारले यही साउन १० गते मध्यराति थातथलो छोडेर बेपत्ता भएका थिए । उनीहरुको परिवारका १६ जना बेपत्ता भएको भनिए पनि पोखरामा १९ जना फेला परेका हुन् ।

उनीहरु हायु परिवारका सदस्य र नातेदार भएको प्रहरीको भनाइ छ ।

एकै परिवारका १६ जना परिवारका सदस्य बेपत्ता भएको खबर पाएपछि सिन्धुली, रामेछाप र कास्की प्रशासनले खोजी गरेको थियो । सिन्धुलीबाट पोखरा पुगेर होटेलमा बसेका उनीहरु अन्ततः पोखराकै गगनगौंडामा भेटिएका थिए ।

स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा पुगेर उनीहरूले आफूहरू ज्यामी काम गर्न आएको भन्दै शरण लिएका थिए ।

उनीहरुले छेत्पामा आफूहरू धेरै बिरामी हुने गरेकोले छोडेर हिँडेको र नफर्किने बताएका प्रहरीले जनाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x