३० आश्विन २०८३, शुक्रबार

डोल्पाको ठूली भेरी नदीम बाढीको जोखिम,सर्तकता अपनाउन अनुरोध

0
Shares


काठमाडौं । लगातारको वर्षासँगै डोल्पाको ठूली भेरी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान ८ बजे ठूली भेरीको त्रिपुराकोट जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको जनाउँदै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले बाढी र कटानको जोखिम बढेको हो ।

नदीको तटीय क्षेत्र र आसपासका होचा भूभागमा रहनेहरूलाई आज दिनभर नै सुरक्षित तथा अग्लो स्थानमा रहन र आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गरिएको छ ।