बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपालमा ४ महिनामा १०११ आगलागीका घटना : १५ जनाको मृत्यु, १४४ घाइते

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेपालमा गत वैशाखदेखि हालसम्म १ हजार ११ वटा आगलागीका घटना भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधीमा आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १ सय ४४ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार गत वैशाखदेखि हालसम्म विपद्जन्य दुई हजार ४ सय ५६ घटना भएका छन् भने २ सय ४३ वटा चट्याङको घटना रेकर्ड भएको छ ।

चट्याङमा परेर २८ जनाको ज्यान गएको छ भने एक सय ६९ जना घाइते र दुई सय ८३ घरपरिवार प्रभावित भएका छन् ।

यस्तै, सो अवधिमा सर्प दंशका ६६ घटना हुँदा आठ जनाको ज्यान गएको छ भने कुल ६४ जना घाइते हुँदा ७३ परिवार प्रभावित भएका छन् । जनावर आक्रमणका मात्रै एक सय ३४ घटना हुँदा १२ जनाको ज्यान गएको छ ।

प्राधिकरणका अनुसार यो अवधीमा पहिरोका मात्रै २ सय ४१ घटना हुँदा १२ जनाको निधन भएको छ ।

हावाहुरीका कारण २ सय ७६ घटना हुँदा आठ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x